दुलेगौँडा : शुक्लागण्डकी–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा भजन प्रतियोगिता हुने भएको छ । महाशिवरात्रीको दिन फागुन २७ गते खुल्ला भजन प्रतियोगिता हुने लागेको हो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ र सान्त्वनालाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
भजन प्रतियोगितासंगै शुक्लेश्वर महादेवको बिशेष पुजा, लघुरूद्री, बेलपत्र अर्पण, शिवध्वनी पुजन, १ सय ८ शिवलिङ्गमा दुध अर्पण, ठाडोबत्ति सहितको अखण्ड दिप प्रज्वलन, अखण्ड कृतन लगायतका कार्यक्रमहरू हुनेछ ।
मिनी मुक्तिनाथको रुपमा परिचित च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा हालै तामाको छानो हालिएको छ । यहाँको १ सय ८ धारा पुननिर्माणको काम सकेर धाराको माथीपट्टी कृत्रिम हिमश्रृंखलाको काम तिब्र गतिमा अगाडी बढिरहेको सहसचिव खनालले बताउनुभयो ।