संविधानको रक्षा भयो : कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधानको रक्षा भयो : कोइराला

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    दुलेगौँडा : नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहकी नेतृ आशा कोइरालाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउनुभएको छ । सर्वोच्चले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश गरेपछि गण्डकी प्रदेशसभा तथा नेकपा केन्द्रीय सदस्य उहाँले आन्दोलन मार्फत अभिव्यक्त जनताको अभिमतको कदर भएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपाली जनताको जित भएको छ । जनअपेक्षा सार्थक भएको छ । सत्य र न्याय कहिल्यै हार्दैन । फेरि एकपटक कानुनी राज्यको अनुभूति गर्न पाईएको छ ।’

    पूर्वमन्त्री समेत रहनुभएकी कोइरालाले नेकपा मिल्नुपर्नेमा जोड दिनुभयो । ‘हामीले एउटै कम्युनिष्ट केन्द्र बनाउने उदेश्यले एकता गरेका थियौँ । कम्युनिष्टहरु एकीकृत हुनुपर्छ । एकतामा तागत हुन्छ । तर, कम्युनिष्टको सिद्धान्त, नीति र आचारणबाट च्यूत भएका व्यक्तिगत स्वार्थमा प्रेरित भएकाहरु पार्टीमा बस्न सक्दैन्’, उहाँले भन्नुभयो, ‘कम्युनिष्टबिचमा एकता अपरिहार्य छ, हुनुपर्छ ।’