तनहुँ : संसद पुर्नस्थापनाको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले जिल्लाका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतले सत्य र न्यायको पक्षमा फैसला गरेको भन्दै दीप प्रज्वलन गरिएको हो ।
दमौलीस्थित पार्टी कार्यालयमा गरिएको दीप प्रज्वलनमा केन्द्रीय सदस्य पिएल श्रेष्ठ, प्रदेश सदस्य शंकरनारायण श्रेष्ठ, व्यास नगर अध्यक्ष श्रीराम कार्की लगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी बेलचौतारामा पनि दीप प्रज्वलन गरिएको छ । नेकपाका जिल्ला सदस्य कमल ढकालले सर्वोच्चले प्रधानमन्त्रीकाो असंवैधानिक कदम बदर गर्दै जनमतको पक्षमा फैसला सुनाएपछि प्रतिगमनका पछि लाग्नेहरु नाजवाफ बनेको बताउनुभयो । दीप प्रज्वलनमा युवा संघका केन्द्रीय सदस्य कमल गैह्रे, लोकगायक शंकर पन्त, फ्रेन्डसीप युवा क्लवका अध्यक्ष विजय थापा, नयाँ गाउँ युवा क्लवका अध्यक्ष मिलन थापा लगायतको सहभागिता थियो ।