हामीले खोजेको लोकतन्त्रमा जित र हारको फैसला निर्वाचनले गर्नेछ : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हामीले खोजेको लोकतन्त्रमा जित र हारको फैसला निर्वाचनले गर्नेछ : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    पोखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हामीले खोजेको लोकतन्त्रमा जीत र हारको फैसला जनता र निर्वाचनले गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मंगलबार बदर गरेपछि बुधबार मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई जनता र निर्वाचनले गर्ने उल्लेख गर्नुभयो ।

    “प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान छ । तर संसदीय प्रणालीमा मध्यावधि निर्वाचन र ताजा जनादेशको घोषणा कहिल्यै प्रतिगमन हुन सक्दैन र होइन,” नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका उहॉले भन्नुभयो, “यो त संसदीय मूल्य, मान्यता र सिद्धान्तकै लोकतान्त्रिक अभ्यासहरू हुन् । त्यसैले यस सम्बन्धी हिजो सर्वोच्चले गरेको फैसला पनि लोकतन्त्र र जनताको हार र जीतको फैसला नभई, मात्र एउटा अभ्यास र अदालती मुद्दाको फैसला मात्र हो ।”