ओली समूहको स्थायी कमिटी बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली समूहको स्थायी कमिटी बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्‍न लागेको हो ।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्‍न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १६ जना सदस्य छन् । यसअघि नेकपा विभाजनमा पुगेपछि ओली र दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक छुट्टाछुट्टै रुपमा बस्दै आएको थियो ।