नेकपा ओली समूहको बैठक सकियो : के भयो निर्णय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा ओली समूहको बैठक सकियो : के भयो निर्णय ?

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७७, बुधबार

    काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बैठक बसेको थियो। 

    बैठकमा सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वयनको पक्षमा छलफल भएको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।फैसला अपेक्षित नभएपनि त्यो सबैले मान्नुपर्ने ज्ञवालीले बताउनुभयो । अदालतको फैसलालले राजनीतिक स्थीरतामा बल पु¥याउने वा त्यसलाई कमजोर बनाउन भन्ने विषय आफ्नो ठाउँमा भएपनि अदालतको फैसला सम्मान गर्ने ज्ञवालीले बताउनुभयो ।

    ज्ञवालीका अनुसार समग्र परिस्थितिको बारेमा छलफल गर्न छिटै केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको छ । संसदीय दलको बैठक पनि बोलाउने र दलका नेता र उपनेताले बोलाएको बैठक नै आधिकारिक बैठक हुने दावी उहॉले गर्नुभयो ।

    देशका विभिन्न ठाउँमा तय गरिएका सभाहरूलाई निरन्तरता दिने तर त्यसका स्वरुप परिवर्तन हुने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।