प्राडा बुद्धिबहादुरलाई ‘तनहुँ रत्न’ सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्राडा बुद्धिबहादुरलाई ‘तनहुँ रत्न’ सम्मान

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने हुनुभएको छ ।तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

    पुरस्कार राशि १० हजार रुपैयाँ र ताम्रपत्र रहेको समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिनुब । समाजको स्थापना भएको दिन फागुन १३ गते (भाेलि) पुरस्कार प्रदान गरिनेछ।

    तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट नगदसहित सम्मान गरिने समाजले जनाएको छ । 

    प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुनुहुन्छ । शुक्लागण्डकी नगरपालिका-३ वनकेवामा जन्मिनुभएका उहॉ झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

    विस २०४१ सालबाट सेवा प्रारम्भ गरेका डा. थापा २०४६ सालदेखि पोखरामा बस्दै आउनुभएको छ । शुक्लागण्डकी ५ बेलचौतारामा रहेको तत्कालीन सेतीगंगा सामुदायिक अस्पताल निर्माण र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा रुपान्तरण गर्नसमेत उहॉले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।