फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७७, बुधबार

    सिरहा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताउनुभएको छ ।

    सिरहामा बुधबार पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताउनुभयो । “सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भन्नुभयो, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उहाँको कथन थियो ।

    नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गर्नुहुँदै उहाँले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उहाँले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिरसमेत गर्नुभयो ।

    मधेशवादी दलहरु मधेशको मुद्दा छोड्नुको साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाउँदै मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्नसक्ने टिप्पणी गर्नुभयो ।