तनहुँ : नेपाली कांग्रेस तनहुँले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना भएका विभिन्न विरोधसभामा सहभागी हुनेलाई आभार व्यक्त गरेको छ । जिल्ला सचिव विश्व बॉस्तोलाले प्रेस विज्ञप्ती प्रकाशित गरेर असंवैधानिक कदमका विरुद्ध संविधान र लोकतन्त्रका पक्षमा तनहुँवासीले देखाउनु भएको ऐक्यवद्धता र सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको हो ।
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले देशलाई संवैधानिक संकटबाट जोगाउनका साथै आम नागरिकको अदातलकाप्रतिको आस्था र सम्मानलाई कायम राख्न सफल भएको विज्ञप्तीमा उल्लेख छ । “यो फैसलाले अधिनायकवादी र सर्वसत्तावादी सोच लोकतन्त्रमा ग्राह्य नहुने सन्देश समेत दिएको छ,” विज्ञप्तीमा भनिएको छ, “ यस अवसरमा नेपाली कांग्रेस तनहुँ विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने गरि सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मानका साथ स्वागत गर्दछ ।”