सचिन स्मृति दौडको उपाधि भरतलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सचिन स्मृति दौडको उपाधि भरतलाई

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७७, शनिबार

    तनहुँ : रोटर्याक्ट क्लव अफ दमौलीले स्व. सचिन श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको १८ औ सचिन स्मृति दौडको उपाधि भरत गुरुङले जित्नुभएको छ । दमौली अनसनचोकदेखि छाब्दी बसपार्कसम्मको ९ किमि दूरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत गुरुङले उपाधि जित्नुभएको हो ।

    May be an image of 14 people, people standing and outdoors

    प्रतियोगितामा गोरखाका दिनेश बोगटी द्वितीय, धनगढीका वीरेन्द्रप्रसाद भट्टराई तृतीय हुनुभएको छ । त्यस्तै व्यास नगरपालिका–१३ का सङ्गम घर्ती सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः उक्त दूरी ३२ मिनेट २५ सेकेण्ड, ३२ मिनेट ५० सेकेण्ड र ३३ मिनेट १० सेकेण्डमा पार गर्नुभएको छ ।

    त्यस्तै महिलातर्फ ४३ मिनेटमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–१० का नम्रता गुरुङ र ४३ मिनेट ३० सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास नगरपालिका–४ का करुणा श्रेष्ठ सान्त्वना हुनुभएको प्रतियोगिताका संयोजक विशाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ८० धावकको सहभागिता रहेको थियो ।

    May be an image of 18 people, people standing, people sitting and outdoors

    प्रतियोगितामा प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिएको छ । विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि यस पटक दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    यसअघि प्रतियोगिताको उदघाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दौडले युवालाई जोश जाँगर मात्रै होइन स्वस्थ बन्न सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाले सहिद दिवसका अवसरमा प्रत्येक वर्ष मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएकामा यस वर्षदेखि नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्न लागेको जानकारी दिनुभयो ।

    कार्यक्रममा रोटरी क्लवका सचिव सागर पौडेल, रोट¥याक्ट क्लवका पूर्व अध्यक्ष शिखरलाल डोटेल लगायतले सन् २००३ मा क्लव स्थापना भएदेखि सामाजिक काम गर्दै आएको बताउनुभयो ।