क्रिकेट प्रतियोगिता शुरु : उद्घाटन खेलमा राइवल्स विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्रिकेट प्रतियोगिता शुरु : उद्घाटन खेलमा राइवल्स विजयी

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७७, शनिबार

    तनहुँ : परिवर्तन नेपाल तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–५ वेनीपाटनमा क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्रिकेट खेलको प्रबद्र्धन र खेलाडीलाई हौसला बढाउने उद्देश्य सहित परिवर्तन नेपालले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

    उद्घाटन खेलमा राइवल्स क्लव विजयी भएको छ । राइवल्स र वैरेनीबीच भएको खेलमा राइवल्सका विनय भण्डारीले अर्धशतक गर्नुभयो । राइवल्सले १ सय ७४ रनको लक्ष्य दिएकामा वैरेनी ८५ रनमा अलआउट भएको थियो । उक्त खेलमा राइवल्सका सन्दिप यादवले २७ र आदित्य पाण्डेले ४२ रन जाेड्नुभयाे ।

    दाेस्राे खेल वर्षाले प्रभावित

    शनिबार नै भएकाे दाेस्राे खेल भने वर्षाका कारण प्रभावित भएकाे छ । मनकामना र मोर्डन नेपालबीच भएकाे खेल वर्षाका कारण प्रभावित भएकाे हाे ।

    प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्रिकेटले देशलाई अन्तर्राष्ट्रियस्तरम्म चिनाउन सहयोग पु¥याएको उल्लेख गर्नुभयो । व्यास नगरपालिकामा खेलकुदका गतिविधि बढिरहेकाले यसले नगरपालिकाको सान र मान उच्च बनाएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

    खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै नगरप्रमुख न्यौपानेले व्यास नगर अल्ट्रा म्याराथनको सफलतासँगै नगरपालिकाले महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पाटनमा निर्माणाधीन खेलकुद मैदान लागि पर्याप्त बजेटको अभावमा स्तरोन्नति गर्न नसकिएकाले यसको सुधार आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले खेलकुदले युवालाई स्वस्थ र अनुशासित बन्न सघाउने धारणा व्यक्त गर्नुभयो ।

    परिवर्तन नेपालका अध्यक्ष प्रविण पौडेलले दमौलीमा खेलमैदान नहुँदा क्रिकेट खेल सञ्चालन गर्न कठिनाई भइरहेको पौडेलले बताउनुभयो । “क्रिकेट खेलतर्फ आकर्षण बढ्दो छ तर खेलमैदान छैन, जसोतसो अहिलेकै खेलमैदानमा खेलिरहेका छौ,” उहाँले भन्नुभयो, “व्यवस्थित क्रिकेट खेलमैदान निर्माणतर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।”

    पौडेलका अनुसार प्रतियोगितामा विजेतालाई रु ६० हजार र उपविजेतालाई रु ३० हजार नगद प्रदान गरिनेछ । साथै म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजलाई पनि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा तनहुँका पाँच र काठमाडौको एक टिमको सहभागिता छ । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।