तनहुँ : व्यास नगरस्तरीय स्वास्थ्यकर्मी गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले लक्ष्मी गुरुङको अध्यक्षतामा स्वास्थ्यकर्मी सङ्घ गठन गरेको हो ।
उपाध्यक्षमा रामबहादुर गुरुङ, सचिवमा सुगतचन्द्रल हड्खले, कोषाध्यक्षमा खुशीराम क्षेत्री, सहसचिवमा देवेन्द्र कार्की र सदस्यहरुमा सन्चिता मिश्र, मन्जु तामाङ, उज्जवल न्यौपाने, प्रशन्न केसी, पवित्रा मल्ल शाही र पूजा सोनी चयन हुनुभएको छ ।
त्यस्तै सल्लाहकारमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, हरिश्चन्द्र न्यौपाने र उषा हड्खले चयन हुनुभएको छ।