शुक्लागण्डकीका शिक्षकलाई आयुर्वेद र योग शिक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका शिक्षकलाई आयुर्वेद र योग शिक्षा

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७७, शनिबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाई हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण दिइएको हो ।


    शुक्लागण्डकीमा माध्यमिक तहसम्म पढाई हुने १६ विद्यालय छन् । प्रत्येक विद्यालयका २ जना शिक्षकलाई बोलाएर प्रशिक्षण दिईएको थियो । सो अवसरमा बोल्दै डा. रामकृष्ण भुजेलले सिकेको ज्ञान विद्यार्थी समक्ष दान गर्न अनुरोध गर्नुभयो । उहाँले विद्यालयले विद्यार्थीलाई स्थानिय स्तरमा पाईने जडीबुटी चिनाउन सकेमा मात्र पनि संरक्षण हुने बताउनुभयो । हजारौँ विद्यार्थीसंग जोडिने भएकाले आयुर्वेद र योग शिक्षाबारे शिक्षकलाई बुझाउनुपर्नेको उहाँको भनाई छ ।


    शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लसिनाले शिक्षकले सिकेको सिकाईले विद्यार्थीमा लाभ पुगे सार्थकता पाउने बताउनुभयो ।


    दिवस मावी उदेनढुंगाका साहयक प्रधानध्यापक डिल्लिराम घिमिरेले विद्यालय तहको पाठ्यक्रममा आयुर्वेद र योग शिक्षा समावेश गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


    तालबेसी मावी घारी तालबेसीकी शिक्षिका गोमादेवी शर्माले परापुर्व कालदेखी नेपाल तपोभुमीका ऋषिमुनीहरुले प्रतिपादन गरेको सिद्धान्तलाई अहिले अन्तराष्ट्रिय जगतले मान्यता दिन थालेको उल्लेख गर्नुभयो ।

    डा. रामकृष्ण भुजेलले आयुर्वेदको महत्व, रविचन्द्र लामीछानेले स्थानियस्तरमा पाईने आयुर्वेदिक गुण भएका जडीबुटी, सेवन गर्ने तरिकार र शुक्लागण्डकी नगरपालिकाका आयुर्वेदिक शाखाका प्रमुख गोपालप्रसाद श्रेष्ठले योगको बिषयमा सहजीकरण गरेका गर्नुभएको थियो ।