कौशी खेतीमा सघाउदै वडा कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    कौशी खेतीमा सघाउदै वडा कार्यालय

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७७, आईतवार

    दुलेगौँडा : कंक्रिटका संरचनाले बस्ती भरिएको छ । एक हात जग्गाालाई लाखौँ रुपैयाँ पर्छ । त्यसैले तरकारी फलाउन एक हात समेत जग्गा नराखेर बिक्री गरिन्छ तनहुँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडामा ।

    शुक्लागण्डकी नगरपालिका–४ मा पर्ने दुलेगौँडा बजारबासीलाई कौशीमा तरकारी फलाउन वडा कार्यालयले हौस्याउदै आएको छ । यहाँका करिब ८ सय परिवारलाई कौशी खेतीका लागी प्रोत्साहन गर्न तरकारी विरुवा वितरण गरेको वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिनुभयो ।

    लहरेवाली काक्रो, घिरौला र करेलाको विरुवा टोल बिकास संस्थामार्फत प्रत्येक घरलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । विरुवासंगै कोकोपिट समेत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गतबर्ष वडाबासीलाई गत बर्षपनि तरकारीका विरुवा र प्लाष्टिकको गमला वितरण गरिएको थियो ।


    वडाबाट विरुवा लगेर कौशीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । ‘वडाबासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहि गरेका छौँ’, उहाँले भन्नुभयो, ‘कौशीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागी फाईदा हुन्छ ।’

    निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उहाँको भनाई छ । बजारबाट पैसा तिरेर बिषादीयुक्त तरकारी खरिद गर्न बानीको अन्त्य हुनुपर्नेमा उहाँको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौशीमा तरकारी फलाउने समेत बढेका छन् ।


    वडा कार्यालयले चालु आर्थिक बर्ष २०७७÷०७८ मा कौशी खेतीका लागी तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो वडामा जनप्रतिनिधी निर्वाचित भएर आए पछि हरेक बर्ष कौशी खेतीलाई बजेट विनियोजन हुदै आएको छ ।