गलेखामकोटमा सार्वजनिक शौचालय बनाउन लायन्सको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गलेखामकोटमा सार्वजनिक शौचालय बनाउन लायन्सको सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-६ स्थित गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणका लागि लायन्स क्लवले सहयोग गरेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको गलेखामकोटमा सार्वजनिक शौचालय बनाउन लायन्स क्लवले रु ५० हजार सहयोग गरेको हो ।

    उक्त रकमको चेक आइतबार लायन्स क्लव ३२५ वि १ का पूर्व गभर्नर अशोककुमार श्रेष्ठले गलेखामकोटका अध्यक्ष बालकुमारी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

    सार्वजनिक शौचालय नहुँदा यहॉ पुग्ने पर्यटकलाई समस्या हुँदै आएको थियो । कोभिड पश्चात् गलेखामकोटमा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

    दमौलीबाट कन्टार बाह्रबिसे, सागे, क्रियापानी हुँदै गलेखामकोट पुग्न सकिन्छ । गलेखामकोटबाच तनहुँको दमौली, थप्रेक, कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न पाइन्छ ।