तनहुँ : जिल्ला कारागार तनहुँका कैदीबन्दीबीच आइतबार दिउँसो झडप भएको छ । झडपमा परी चार जना कैदीबन्दी घाइते भएका छन् । दुई समूहबीच विवाद हुँदा झडप भएको हो ।
के कारणले झडप भएको भन्ने विषयमा सम्बन्धित निकायले जानकारी गराएको छैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले आफूहरु अहिले कारागारमा रहेको जानकारी दिँदै समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो । “घटनाका विषयमा केही समयपछि जानकारी गराउँछौ,” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि पहल गरिरहेका छौ ।”
जिल्ला कारागारका निमित्त जेलर नारायण अधिकारीले समस्या समाधानका लागि अहिले कारागारमा छलफल चलिरहेको जानकारी दिनुभयो ।