शुक्लागण्डकीमा ६ सय ५१ जनालाई अपांगता परिचयपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा ६ सय ५१ जनालाई अपांगता परिचयपत्र

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७७, आईतवार

    तनहुँ : शुक्लागण्डकी नगरपालिकाले आइतबार १३ जनालाई अपांगता परीचयपत्र वितरण गरेको छ । नगरपालिकामा भएको एक दिने परिचयपत्र वितरण शिविरमा ‘क’ वर्गको ३ जनालाई, ‘ख’ वर्गको ६ जनालाई, ‘ग’ वर्गको ३ जना र ‘घ’ वर्गको १ जनालाई परीचयपत्र वितरण गरेको हो ।

    योसँगै शुक्लागण्डकीमा ६ सय ५१ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ६० जनालाई ‘क’, २ सय ६५ जनालाई ‘ख’, १ सय ४४ जनलाई ‘ग’ र ८२ जनालाई ‘घ’ वर्गको परीचयपत्र वितरण गरिएको हो ।

    नगरपालिकाले शिविरसम्म आउन नसक्नेको घरमै पुगेर परिचयपत्र वितरण गर्ने गरेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष वडा र टोल–टोलमा पुगेर पनि परिचयपत्र वितरण गरिएको थियो ।