मन्त्रिपरिषद् बैठक : फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् बैठक : फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७७, सोमबार

    काठमाडौं : सरकारले यही फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । साेमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिनुभयाे । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि मिति तय भएको थिएन ।

    यही फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो ।