ममाथि हमला हुन सक्छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नू : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ममाथि हमला हुन सक्छ, मेरो ज्यान तलमाथि भए अनौठो नमान्‍नू : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७७, सोमबार

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभएको छ । पोखरामा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताउनुभयो । 

    ‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भन्नुभयो । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ । 

    ‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’ ओलीले भन्नुभयो ।