६ महिनामा ३ सय ४७ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ६ महिनामा ३ सय ४७ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ सय ४७ फरार प्रतिवादी पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको प्रहरीले यस अवधिमा दुई सय दश मुद्दाका तीन सय ४७ फरार प्रतिवादी पक्राउ गरेको हो ।

    पक्राउ परेकामध्ये ९० जना महिला र दुई सय ५७ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाबाट रु ५९ लाख १७ हजार एक सय १५ असुली गर्नुपर्ने भएकाले अदालतमा बुझाइएको छ ।

    चालु आर्थिक वर्षमा जबरजस्ती करणीका १४, कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगका दुई वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा दुई सय ४० मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २१ वटा लागुऔषध मुद्दामा ४१ जना पक्राउ परेका छन् भने छ सय क्युफिट सालको काठ र तीन सय क्युफिट बाकल सहित तीन वटा सवारी नियन्त्रणमा लिइएको छ ।

    नन्दीजन्य पदार्थको अवैध उत्खनन्, ओसारपसार गर्ने ९४ वटा सवारीसाधन कारवाही गरिँदा रु ११ लाख राजश्व असुली भएको छ । त्यस्तै एक सय दश जना जुवाडे पक्राउ पर्दा रु १२ लाख ९८ हजार छ सय ९० बरामद भएको प्रहरी उपरिक्षक पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको यस अवधिमा ट्राफिक कारवाहीबाट रु ८८ लाख ३७ हजार राजश्व सङ्कलन भएको छ । यस अवधिमा १३ हजार एक सय ८५ सवारी कारवाहीमा परेका छन् ।