म्याग्देमा भूमि आयोगको लगत सङ्कलन इकाई कार्यालय उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा भूमि आयोगको लगत सङ्कलन इकाई कार्यालय उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन इकाई कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको इकाई कार्यालयको मङ्गलबार म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गर्नुभयो ।

    भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने सरकारको लक्ष्य बमोजिम गठन भएको आयोगले प्रभावकारी रुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताउनुभयो । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहिनलाई लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहिनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । “अब वडा वडामा लगत सङ्कलनका लागि सङ्कलनकर्ता खटाउँछौ,” प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो ।

    साथै आयोगका तर्फबाट मङ्गलबार नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क सङ्कलनकर्ता गरी ८० जनाको सहभागिता छ । तालिममा भूमिहिन सुकम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि फारम भर्ने तरिका सिकाइने आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयाे ।