भानुभक्त प्राणी उद्यानको प्रशासनिक भवन वनमन्त्रीले उद्घाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्त प्राणी उद्यानको प्रशासनिक भवन वनमन्त्रीले उद्घाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानको प्रशासनिक भवनको उद्घाटन हुने भएको छ । फागुन २२ गते शनिबार प्राणी उद्यानको प्रशासनिक भवनको नेपाल सरकारका वनमन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    उक्त कार्यक्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)को समेत उपस्थिति रहनेछ । सोही अवसरमा प्राणी उद्यानबाट प्रभावित स्थानीयवासीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

    नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रुपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रबद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडी बढाएको छ ।

    भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो ।