संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङलाई हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङलाई हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    काठमाडौ : प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ।

    बुधबार बसेको स्थायी कमिटी बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।

    यसअघि बसको स्थायी कमिटि बैठकले संसदीय दलको नेता, उपनेता, सचेतक हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।

    नेता वर्षमान पुनका अनुसार पार्टी गतिविधि विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको जानकारी दिनुभयो । बैठकले पार्टी गतिविधिविपरीत काम गरेको भन्दै सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।