तनहुँ : माछा मार्ने क्रममा करेन्ट लागेर बुधबार तनहुँमा एक जनाको ज्यान गएको छ। बन्दीपुर गाउँपालिका-४ डुम्रेखोलामा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय स्वारुप तामाङको करोन्ट लागेर ज्यान गएको हो ।
खोलामा मुख्य लाईनको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा घाइते भएका तामाङको लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।