नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा प्रहरीले आठ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र घिरिङ गाउँपालिकास्थित नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं ओसारपसार गर्दै गर्दा प्रहरीले आठ वटा सवारी नियन्त्रणमा लिएको हो ।

    व्यास नगरपालिका–७ स्थित मादी नदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन् एवं लोड गरी लिई हिँडेको अवस्थामा ग १ त २८३१, ना २ त ७३५७, ग १ त ३७३५ र ग १ त ४०५५ नम्बरको ट्याक्टरहरुलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि व्यास नगरपालिका पठाएकामा रु आठ हजारका दरले रु ३२ हजार जरीवाना भएको छ ।

    बन्दीपुर गाउँपालिका–६ साराङघाटस्थित बन्द रहेको नमूना ग्रिड क्रसरबाट अवैध रुपमा गिटी बालुवा लोड गरी दमौलीतर्फ ल्याउँदै गर्दा ग २ ख ८२०९ र ग १ क ४२६१ नम्बरको टिप्परहरुलाई नियन्त्रणमा लिइए कारवाहीका लागि बन्दीपुर पठाइएकामा रु ४० हजार जरीवाना भएको छ ।

    घिरिङ गाउँपालिका–१ पुट्टार स्थित कालीगण्डकी नदीबाट अवैध रुपमा उत्खनन् गरी बालुवा लोड गरी लिई हिँडेको अवस्थामा लु ४ त ७२०६ र लु ३ त ३०२६ नम्बरको ट्याक्टरहरुलाई नियन्त्रणमा लिई घिरिङ गाउँपालिका पठाइएकामा रु दुई हजार जरीवाना भएको प्रहरीले जनाएको छ ।

    प्रतिनिधिमूलक तस्वीर