जनताले काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका हुन् : पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनताले काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका हुन् : पाैडेल

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बुधबार

    काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले जनताले काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाे बताउनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे विवादका कारण काङ्ग्रेसमा सरकारमा जाने वा नजाने भन्ने विषय चलिरहेकाे सन्दर्भमा वरिष्ठ नेता पाैडेलले उक्त कुरा सामाजिक सन्जालमार्फत् सार्वजनिक गर्नुभएकाे हाे ।

    उहाँले भन्नुभएकाे छ, “नेपाली काङ्ग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाले यस समयमा काङ्ग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ । यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ ।” वरिष्ठ नेता पाैडेलले काङ्गग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्ने र यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिनुभयाे ।