तनहुँ क्रिकेट कपको उपाधि राइवल्सलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट कपको उपाधि राइवल्सलाई

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बुधबार

    तनहुँ : परिवर्तन नेपालले आयोजना गरेको तनहुँ क्रिकेट कपको उपाधि दमौली राइवल्सले जितेको छ । व्यास नगरपालिका–५ वेनीपाटनस्थित खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा मनकामना युवा क्लवलाई २२ रनले पराजित गर्दै दमौली राइवल्सले उपाधि जितेको हो । दमौली राइवल्सले एक सय ९९ रनको लक्ष्य दिएकामा मनकामनाले एक सय ७७ रनमात्र ल्याउन सफल भयो ।

    उपाधिसँगै दमौली राइवल्सले रु ६० हजार नगद प्राप्त गरेको छ । उपविजेता मनकामनाले नगद रु ३० हजारमा चित्त बुझायो । फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा तनहुँका पाँच र काठमाडौको एक टिमको सहभागिता थियो । क्रिकेटमा युवाको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको परिवर्तन नेपालका अध्यक्ष प्रविण पौडेलले जानकारी दिनुभयो ।

    विजेतालाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने क्रिकेट खेलमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

    तस्वीर : Routine Of Damauli Banda