सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बाेधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बाेधन गर्ने

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    काठमाडाै : सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । दुई दिनदेखि जारी वार्ताबाट सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको थियो ।

    बिहीबार सार्वजनिक गरिएको सहमतिपत्रमा गृहमन्त्री थापा र विप्लवका तर्फबाट प्रवक्ता प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी गर्ने विषयमा सहमति भएको छ ।

    सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने बताइएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्नुहुनेछ ।