घिरिङमा भूमि आयोगको लगत सङ्कलन इकाई कार्यालय उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा भूमि आयोगको लगत सङ्कलन इकाई कार्यालय उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन इकाई कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको इकाई कार्यालयको बिहीबार आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गर्नुभएको छ ।

    लगत सङ्कलन इकाई कार्यालय उद्घाटनसँगै आयोगले गाउँपालिकासँग भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने कार्यको सम्झौता गरेको छ । योसँगै जिल्लाका नौ स्थानीय तहमा लगत सङ्कलन इकाई कार्यालय स्थापना भएको छ ।

    यसअगाडी व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडी बढाइएको छ । अब ऋषिङ गाउँपालिकामा इकाई कार्यालय स्थापना हुन बाँकी छ ।

    आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले वास्तविक भूमिहिनलाई जग्गाको मालिक बनाउने गरी आयोगले काम गरिरहेको बताउनुभयो । लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहिनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।

    साथै आयोगका तर्फबाट बिहीबार नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क सङ्कलनकर्ताको सहभागिता छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहमार्फत् घरदैलोमा खटिएका लागत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।