ओली र दाहाललाई घेराबन्दी गरेर एकताबद्ध बनाउने पक्षमा छु : गाैतम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र दाहाललाई घेराबन्दी गरेर एकताबद्ध बनाउने पक्षमा छु : गाैतम

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    काठमाडाे : नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल र ओली समूहका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताउनुभएकाे छ । बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका निम्ति दबाब दिने बताउनुभयाे ।

    नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षमा नआएको उहाँकाे भनाई थियाे । ‘धेरै ठाउँमा उहाँहरुले बोलेको कुरा सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन’, उहाँले भन्नुभयाे, ‘मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र दाहालतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरुलाई एकताबद्ध गर्ने, तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौं र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’