अस्ट ज द्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अस्ट ज द्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : अमेरिकाको हवाई र काठमाडौमा रहेको सामाजिक संस्था अस्ट ज ले तनहुँको व्यास नगरपालिका–५, चुदेरस्थित पद्म प्रावि र व्यास–६, देउराली स्थित देउराली प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त संस्थाले २६ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो ।

    नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीका अनुसार पद्म प्राविका ९ जना र देउराली प्राविका १७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शैक्षिक क्षेत्रको विकास अपरिहार्य रहेको चर्चा गर्दै अस्ट ज द्वारा चुदेर र देउरालीमा गरिएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

    सामुदायीक विद्यालयहरुमा विद्यार्थीको आकर्षण घटेको भनेर गुनासो बढिरहेको अवस्थामा यस्ता सामाजिक संस्थाबाट गरिएका सहयोगले अभिभावक र स्थानीयलाई विद्यालयको विकासप्रति सक्रिय र जिम्मेवार बनाएको उहाँले बताउनुभयो ।