जब बोल्दाबोल्दै अध्यक्ष राना भाबुक बन्नुभयो…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जब बोल्दाबोल्दै अध्यक्ष राना भाबुक बन्नुभयो…

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा बिहीबार दिउँसो एकल महिला सशक्तीकरण गठन गर्ने कार्यक्रम थियो । गाउँपालिकाभरिका एकल महिला म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित गणेश महिला आमा समूहको भवनमा जम्मा भए । उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो गाउँपालिकाका अध्यक्ष मायादेवी राना ।

    जब उहाँले मन्तव्य शुरु गर्नुभयो त्यसपछि उहाँ भावुक बन्नुभयो । उहाँको गहभरी आँसु भरियो । “मपनि एकल महिला हो तर कहिल्यै हिम्मत हारेको छैन । तपाईहरु पनि हिम्मत नहार्नुस, हामी साथमा छौ,” उहाँले भन्नुभयो । रानाका श्रीमान् ताराराज रानाको विसं २०७३ चैत १० गते निधन भएको थियो ।

    उहाँले अगाडी थप्नुभयो, “श्रीमानको निधन भए पछि कहिलेकाहीँ एक्लै भएँ, मेरो कोही छैन भनेर मन अमिलो बनाउने, न्यास्रो मान्ने, आत्तिने गर्छौ हामी तर त्यस्तो कहिल्यै सोच्नुहुँदैन । बोल्दाबोल्दै राना आफै भावुक भएपछि हलमा उपस्थित सबै महिलाहरूको आँखामा आँसु भरिएको थियो । रानाले एकल महिलाको लागि स्वेच्छा अनुसार नारी दिवसको अवसरमा रातो टीका र पछ्यौरा बाँडेर सम्मान गर्ने कार्यक्रम राखिएको बताउँदै भन्नुभयो, “यो हाम्रो ठूलो चुनौतिको काम पनि हो । हामी पुरानो रुढीवादी संस्कारलाई तोड्न चाहन्छौ ।”

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले एकल महिलाको समस्यालाई हल गर्न सजिलो होस् भनेर समिति गठन गरिएको बताए ।

    एकल महिला सशक्तीकरण समितिमा धनमाया

    भेलाले धनमाया आलेको अध्यक्षतामा एकल महिला सशक्तीकरण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मधुकुमारी हमाल, सचिवमा कमला कुमाल, सहसचिवमा कृष्णामाया बस्याल, कोषाध्यक्षमा पदममाया थापा र सदस्यहरुमा सिर्जना विक, विष्णु लम्साल, कमला परियार, मिश्री परियार, दलमाया पुन, लक्ष्मी थापा मगर, सरला अधिकारी, पदीमाया क्षेत्री रानाभाट, दुर्गामायाँ घर्ती, कल्पना अधिकारी, जसोदा गुरूङ, इश्वरी श्रेष्ठ, सत्यकला न्यौपाने, बुद्धिमाया विक र टुल माया पुन चयन हुनुभएको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

    No description available.