मन्त्रिपरिषद् बैठक : तीनबुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिबन्ध फुकुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् बैठक : तीनबुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिबन्ध फुकुवा

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    काठमाडौं: सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

    वार्तामा भएका सहमतिसहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनतासमक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्नुहुनेछ ।