व्यासमा सात हजार भूमिहिनको तथ्याङ्क सङ्कलन (कुन वडामा कति ? सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा सात हजार भूमिहिनको तथ्याङ्क सङ्कलन (कुन वडामा कति ? सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनाको अवधिमा व्यास नगरपालिकामा छ हजार आठ सय ७२ जनाको तथ्याङ्क सङ्कलन गरिएको हो ।

    नगरपालिकाका १४ वटै वडाका सात सय ३० भूमिहिन दलित, चार सय ९७ भूमिहिन सुकुम्बासी र छ हजार एक सय ४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक इकाईका प्रमुख विमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ जना तथ्याङ्क सङ्कलन खटाएको थियो ।

    व्यास नगरपालिका वडा नं १ मा ९२ भूमिहिन दलित, ४९ भूमिहिन सुकम्बासी, चार सय दश अव्यवस्थित बसोबासी गरी पाँच सय दश, वडा नं २ मा सात भूमिहिन दलित, पाँच भूमिहिन सुकुम्बासी, एक सय ४० अव्यवस्थित बसोबासी गरी एक सय ४७, वडा नं ३ मा नौ भूमिहिन दलित, आठ भूमिहिन सुकुम्बासी, तीन सय २२ अव्यवस्थित बसोबासी गरी तीन सय ३१, वडा नं ४ मा ३३ भूमिहिन दलित, २३ भूमिहिन सुकुम्बासी र एक सय ६४ अव्यवस्थित बसोबासी गरी एक सय ९७ जनाको तथ्याङ्क सङ्कलन भएको छ ।

    वडा नं ५ मा ५६ भूमिहिन दलित, ३९ भूमिहिन सुकुम्बासी, छ सय ५० अव्यवस्थित बसोबासी गरी सात सय ६, वडा नं ६ मा एक सय ५० भूमिहिन दलित, ९५ भूमिहिन सुकुम्बासी र पाँच सय २२ अव्यवस्थित बसोबासी गरी छ सय ७२, वडा नं ७ मा ३३ भूमिहिन दलित, १८ भूमिहिन सुकुम्बासी र तीन सय २८ अव्यवस्थित बसोबासी गरी तीन सय ६३, वडा नं ८ मा पाँच भूमिहिन दलित, तीन भूमिहिन सुकुम्बासी र दुई सय ६ अव्यवस्थित बसोबासी गरी दुई सय ११, वडा नं ९ मा १३ भूमिहिन दलित, आठ भूमिहिन सुकुम्बासी र एक सय ३१ अव्यवस्थित बसोबासी गरी एक सय ४४, वडा नं १० मा ८० भूमिहिन दलित, ४८ भूमिहिन सुकुम्बासी र नौ सय २४ अव्यवस्थित बसोबासी गरी एक हजार चार, वडा नं ११ मा ७७ भूमिहिन दलित, ६० भूमिहिन सुकुम्बासी र आठ सय ९१ अव्यवस्थित बसोबासी गरी नौ सय ६८, वडा नं १२ मा एक सय २९ भूमिहिन दलित, एक सय पाँच भूमिहिन सुकम्बासी र सात सय २५ अव्यवस्थित बसोबासी गरी आठ सय ५४, वडा नं १३ मा ३६ भूमिहिन दलित, २८ भूमिहिन सुकुम्बासी र चार सय ३१ अव्यवस्थित बसोबासी गरी चार सय ६७, वडा नं १३ मा १० भूमिहिन दलित, आठ भूमिहिन सुकुम्बासी र दुई सय ९८अव्यवस्थित बसोबासी गरी तीन सय आठ जनाको विवरण सङ्कलन गरिएको छ ।

    नगरपालिकाले सङ्कलन गरेको विवरण भूमि सम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझपछि वास्तविक भूमिहिन भएको प्रमाणित भएमा लालपूर्जा वितरण गरिनेछ ।

    भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोही बमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।