पार्टी एकताको सम्भावना अझै जिवितै छ : भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पार्टी एकताको सम्भावना अझै जिवितै छ : भट्टराई

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७७, शुक्रबार

    काठमाडाै : नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै जिवितै रहेको बताउनुभएकाे छ । शुक्रबार प्रेस संगठन नेपाल ताप्लेजुङले फुइलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले प्रत्येक नेताले पदीय लोभ त्यागेमा पार्टी एकता सम्भावना जिवितै रहेको बताउनुभयाे ।

    एकताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री बन्नतीर नलागी दोश्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने भट्टराईको भनाई थियाे ।

    गएको फागुन १८ गते ताप्लेजङको दोभान बजारमा भएको आगलागी निरीक्षण तथा राहत वितरणका लागि भट्टराई गृह जिल्ला पुग्नुभएकाे हाे ।