विप्लवको प्रशंसा गर्दै प्रम ओलीको प्रचण्ड–माधवमाथि हमला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विप्लवको प्रशंसा गर्दै प्रम ओलीको प्रचण्ड–माधवमाथि हमला

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शुक्रबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताउनुभएकाे छ । उहाँले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताउनुभयाे ।

    सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर लामो छलफलपछि अहिलेको सहमतिमा आइपुगेको बताउनुभयाे । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे ‘हामीले नगरा बजाएर वार्ता गरेनौं । वार्ताझैँ गर्यौं । जस्तो वार्ता हुन्छ त्यसैगरी गम्भीरताका साथ वार्ता गर्यौं ।’

    धेरै कुरा, धेरै विषयको एउटै निष्कर्षका रुपमा आफूहरुले ‘कुनै समस्या आए छलफल र वार्ताबाटै टुंग्याउछौँ,’ भनेर सहमतिको एउटा बुँदामा उल्लेख गरेको उहाँले बताउनुभयाे । आफूले ८/१० वर्ष अघि विप्लवसँग गम्भीर कुरा गरेको र त्यो बेला केही घण्टासम्म दुई जनाबीच कुरा भएको पनि प्रधानमन्त्री ओलीले खुलासा गर्नुभयाे ।

    ‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु  । उहाँले जुन साहसिक कदम चाल्नु  भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिका तीन बुँदा नै मुलुकका लागि काफी भएको बताउनुभयाे ।

    प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले देशलाई वर्वाद पार्न खोजेपनि उनीहरुको योजना सफल हुन नदिने बताउनुभयाे । ओलीले आफु नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाएको बताउनुभयाे । ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु  । यति साह्रो नग्नताको हद ?’ ओलीले भन्नुभयाे, ‘आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ?’