काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी ओली भैंसेपाटी पुग्नुभएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली व्यक्तिगत भेटघाटका लागि भैसेपाटी पुग्नुभएको हो ।
पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लाग्नुभएको छैन ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय सुनाएपछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लाग्नुभएको छ।
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि ओलीविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय हुनुहुन्छ।