शुक्लागण्डकीमा ५९ करोडका योजना सञ्चालनका लागि सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा ५९ करोडका योजना सञ्चालनका लागि सम्झौता

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, शनिबार

    तनहुँ : विश्व बैङ्कको सहयोगमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रु ५९ करोडको योजना सञ्चालन हुने भएको छ । त्यसका लागि काठमाडौमा शुक्रबार सम्झौता भएको हो ।

    दिगो शहरी विकासलाई प्रवद्र्धन गर्न नेपाल शहरी शासकीय र पूर्वाधार आयोजनाले तनहुँको शुक्लागण्डकी नगरपालिकासँग योजना सञ्चालनका लागि सम्झौता गरेको हो । नगरपालिकाका तर्फबाट नगरप्रमुख किसान गुरुङ र शहरी विकास भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    आयोजनामार्फत् प्राप्त रकमले शुक्लागण्डकीका ग्रामीण भेगका सडक निर्माण तथा सुधार गरिने नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो । उहाँका अनुसार दुलेगौडा लामागाउँ मोटरमार्ग, थप्रेक मोटरमार्ग र तिखोले बयाम भुजिकोट मोटरमार्ग निर्माणमा उक्त रकम लगानी गरिने उहाँले जानकारी दिनुभयो । आयोजना सञ्चालनपश्चात् शुक्लागण्डकीको ग्रामीण विकासमा उल्लेखनीय टेवा पुग्ने उहॉले जानकारी दिनुभयो ।