ओली समूहको संसदीय दलको बैठक सकियो, संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन ओलीको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली समूहको संसदीय दलको बैठक सकियो, संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन ओलीको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    काठमाडाै : नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएको बताइएको छ। 

    बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित हुनुहुन्थेन । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।

    प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।