तनहुँ : कर्मचारी मिलन केन्द्र तनहुँको अध्यक्षमा व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी चयन हुनुभएको छ । शनिबार म्याग्दे-६ मूलवाराहीमा सम्पन्न अधिवेशनबाट रेग्मीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ।
अधिवेशनबाट मिलन केन्द्रको उपाध्यक्षमा शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय अधिकृत हिमा पोख्रेल, सचिवमा शिक्षा विकास तथा समन्वय इकाईका विश्वप्रकाश रेग्मी, सहसचिवमा डिभिजन वन कार्यालयका चुडामणि बराल, कोषाध्यक्षमा कारागार कार्यालयका नारायण अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा म्याग्दे गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, व्यास नगरपालिकाका वरिष्ठ अधिकृत कुमारकन्चन जिसी, बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, कृषि विकास बैङ्कका गणेशराज गौली, आन्तरिक राजश्व कार्यालयका युक्त सुवेदी, राष्ट्रिय अनुसन्धानका विष्णुहरि पण्डित, व्यास नपाका प्रशासन प्रमुख मेघनाथ आचार्य, शिक्षा तालिम केन्द्रका दामोदर कार्की, जिल्ला प्रशासन कार्यालयका लक्ष्मण बराल, पूर्वाधार कार्यालयका विवेक सिग्देल चयन हुनुभएको छ ।
अधिवेशनमा प्रमुख जिल्ला अधिकारी एवं मिलन केन्द्रका संरक्षक सागर आचार्य, प्रमुख सेनानी मनोज गुरुङ, प्रहरी उपरिक्षक अरुण पौडेल, शसस्त्र प्रहरी उपरिक्षक सन्जय भट्टराई लगायतको उपस्थिति थियो ।