काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पुरा भएको बताउनुभएकाे छ । शनिबार मेलम्चीको पानी काठमाडौंमा खस्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै ओलीले आफ्नो कपाल फुल्दा पुरा भएकाे बताउनुभयाे ।
‘कुरा भएको त धेरै भयो,’ ओलीले भन्नुभयाे, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पुरा हुँदा मेरो कपाल कतै कालो रहेन् ।’ आफ्नै पार्टीबाट काम हुन नदिएको कुरा आफूले गरेको र आज त्यो प्रमाणित भएको बताउनुभयाे । ‘लामो समयपछि सपना पुरा भएको छ,’ उहाँले भन्नुभयाे, ‘मुख्य उपलब्धी हासिल गरेका छौं । यसै सरकारका पालामा । कहिलेकाँही आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपथ्र्यो । अब त प्रमाणित भयो होला नि । दिन दिनै ठूला–ठूला शिलान्यास र उद्घाटन भइरहेका छन्।’
‘यसक्रममा केहीले ज्यान गुमाउनुपर्यो,’ उहाँले भन्नुभयाे, ‘त्यो प्राविधिक कारणले भएको थियो । म यस सफलताको घडीमा उहाँहरूप्रति सहानुभूति जनाउ चाहन्छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहलाई लक्षित गर्दै भन्नुभयाे– साथीहरु जहाँ पायो त्यहीँ लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ । खास खुशि भनेको यो हो ।’ (नेपाल प्रेसबाट)