पराशर टोलवासीद्वारा तनहुँ जङ्गल पार्कमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशर टोलवासीद्वारा तनहुँ जङ्गल पार्कमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    तनहुँ : व्यास नगरपालिका–३ स्थित पराशर टोलले तनहुँ कालिका जङ्गल पार्क वरिपरि सरसफाई गरेको छ । जङ्गल प्लाष्टिकका बोत्तल लगायतका फोहरजन्य वस्तुले कुरुप देखिएपछि पराशर टोलवासीले सरसफाई गरेका हुन् ।

    तनहुँ जङ्गलपार्क तनहुँवासीको गहना भएकाले यसको संरक्षण एव सरसफाईमा सबै जुट्नु पर्ने टोलका सचिव सुवास गौतमले बताउनुभयो । जङ्गल पार्कमा वनभोजका लागि मानिसहरु आउने तर आफूले गरेको फोहर आफैले व्यवस्थापन नगरिदिँदा पार्क वरिपरिको क्षेत्र फोहर बनेको टोलवासी आकाश अधिकारीले बताउनुभयो ।

    टोलले आयोजना गरेको परिवारिक वनभोजका अवसरमा पार्क परिसर एवं पिकनिक क्षेत्र वरिपरि सरसफाइ गरिएको हो । उक्त सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायत टोलवासीको सहभागिता रहेको थियो ।