केपी ओलीबाट नेतृत्व सम्भव छैन् : युवा नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केपी ओलीबाट नेतृत्व सम्भव छैन् : युवा नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जनताको बहुमत प्राप्त नेकपाले देशको नेतृत्व गर्न असक्षम भएको बताउनुभएको छ । उहाँले नयाँ निर्वाचनबाट म्यान्डेड लिनुपर्ने जिकिर गर्नुभयो । नयाँ निर्वाचनसम्म जानलाई केपी ओलीबाट नेतृत्व सम्भव नभएको उहाँले आरोप लगाउनुभयो ।

    ‘यो नेतृत्व सफल भएन् । यो नेतृत्व सफल नहुँदा अरु कुनै पनि सफल हुँदैन भन्ने होइन’, शुक्लागण्डकीको खोरादीमा भएको भलिबल प्रतियोगितालाई शनिबार सम्बोधन गर्दै युवा नेता पौडेलले भन्नुभयो, ‘यो संविधानका कारणले यो समस्या आएको होइन । अहिले पछिल्लो समय प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो, अदालतले असंवैधानिक भनिदियो । जब प्रधानमन्त्रीको कदमलाई अदालतले असंवैधानिक भनेपछि उहाँले तत्काल राजीनामा दिनुपर्थो । किनकी नैतिकता बिना राजनीति हुँदैन ।’

    उहाँले राजनीति फोहोर भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले कानुन विपरित काम गरेर पनि प्रधानमन्त्रीको पद नछाडेको नेता पौडेलको भनाई छ । ‘यो गम्भीर विषय बनेको छ । नेपालको राजनीतिमा नैतिकताको खडेरी परेको छ । भोलिदेखि संसद चल्दैछ । पहिलो काम यो संसदले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो ।

    संसदमा अविश्वासको प्रस्ताव नआए केपी ओली नै प्रधानमन्त्री रहिरहनेमा उहाँको चिन्ता छ । यसो भएमा नेपालको राजनीतिमा नैतिकता समाप्त भएर जाने नेता पौडेलको तर्क छ ।