दुई सय विद्यार्थीलाई छात्रवृत्ति दिँदै आदिकवि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई सय विद्यार्थीलाई छात्रवृत्ति दिँदै आदिकवि

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

    क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूको क्याम्पसले अन्तरवार्ता शुरु गरेको छ। अन्तर्वार्तामा कक्षा ११ का एक सय ७५ जना र कक्षा १२ का ९५ जना विद्यार्थीहरु सहभागी भएको क्याम्पसले जनाएको छ ।

    छात्रवृत्ति अन्तर्वार्ताबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनौट तथा सिफारिस समितिको सिफारिसमा क्याम्पस सञ्चालक समितिको निर्णयपछि छात्रवृत्ति वितरण गरिनेछ । क्याम्पसको छात्रवृत्ति वितरण निर्देशिका र नियम अनुसार छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ ।

    छात्रवृत्ति जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्ति पाउन भन्ने उद्देश्यले छात्रवृत्ति आवेदनका लागि पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था क्याम्पस छात्रवृत्ति वितरण निर्देशिकामा उल्लेख छ । आन्तरिक परीक्षा उत्तीर्ण भएका र छात्रवृत्ति आवेदन फर्म भरेका विद्यार्थीहरुमध्ये विपन्न,अपाङ्ग, सहिद तथा बेपत्ता परिवार दलित, जनजाति आदिवासी र पिछडिएको वर्गका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर छात्रवृत्ति वितरण गर्दै आइएको छ ।

    क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करिब रु पॉच लाख खर्चिने गरेको छ। कक्षा ११ र १२ मा यस वर्ष करिब आठ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । दाताहरूबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त व्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले भुक्तान गरेको नियमित मासिक शुल्कको ५ प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिने छ । यसबाहेक पनि व्यास नगरपालिकाले यसवर्ष कक्षा ११-१२ मा क्याम्पसमा अध्ययन गर्दै गरेका करिब ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

    त्यसैगरी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पसका बिद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विद्यार्थी सहायता कोष र भारतीय राजदुतावासबाट प्रदान गरिने छात्रवृत्ति पनि पाउने गरेका छन् ।