अकोराबमा प्रेस सङ्गठन (ओली समूह) र प्रेस युनियनबीच गठबन्धन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अकोराबमा प्रेस सङ्गठन (ओली समूह) र प्रेस युनियनबीच गठबन्धन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    काठमाडौ: सामुदायिक रेडियो सञ्चालकहरूको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ अकोराबमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहनिकट प्रेस संगठन नेपालबीच गठबन्धन भएको छ।

    फागुन २५ मा हुने अकोराबको महाधिवेशनका लागि प्रेस युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिने सहमति भएको हो। शनिबार उक्त सहमति भएको छ।

    देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था अकोराबमा अहिलेसम्म साबिक एमाले आबद्ध व्यक्तिले नेतृत्व गर्दै आएकोमा पहिलोपटक कांग्रेस निकट प्रेस युनियनलाई अध्यक्ष दिने सहमति भएको छ ।