प्रधानमन्त्री ओलीले लगाउनुभयाे काेभिड खाेप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीले लगाउनुभयाे काेभिड खाेप

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाउनुभएकाे छ । ओलीले आइतबार बिहान पौने ११ बजेतिर त्रिवि शिक्षण अस्पतालमा पुगी कोरोना खोप लगाउनुभएकाे हाे ।

    कोरोना खोप लगाउनका लागि प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुग्नुभएकाे थियाे ।

    प्रधानमन्त्री ओली शिक्षण अस्पतालभित्र २० मिनेट बस्नुभएकाे थियाे । आइतबारबाट सरकारले ६५ वर्षमाथिका लाई कोरोना खोप दिन सुरु गरेको छ । ​भारतले अनुदानमा १० लाख डोज कोरोना खोप दिएपछि नेपालमा गत माघ १४ गतेबाट कोरोना खोप अभियान सुरु भएको थियो ।