तनहुँ : तनहुँको व्यास नगरपालिका-४ स्थित सिमलटारमा महाशिवरात्री विशेष कार्यक्रम हुने भएको छ । महाशिवरात्री पर्वको अवसरमा सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजना, विरता टोल विकास संस्था तथा जानकी आमा समूहको सहआयोजनामा फागुन २७ गते बिहीबार कार्यक्रम हुन लागेको हो ।
सो अवसरमा वृहत शिव पुराण (पार्वती खण्ड) कथावाचन तथा सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक सरोज बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा लाखबत्ती बाल्ने कार्यक्रम गरिनुका साथै लोकदोहोरी गायक राजन कार्की र गायिका सावित्रा हड्खलेको प्रस्तुती रहने छ ।