पत्रकार महासङ्घको अधिवेशन : निर्वाचन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घको अधिवेशन : निर्वाचन समिति गठन

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आसन्न अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ । शाखाका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन गरेको हो ।

    निर्वाचन समितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता एवं नेपाल पत्रकार महासङ्घका संस्थापक सदस्य कमलामोहन वाग्ले रहनुभएको छ । त्यस्तै समितिको सदस्यमा नेपाल वार एशोसिएसनका पूर्व अध्यक्ष शिवदत्त ढकाल र त्रिभुवन श्रेष्ठ रहनुभएको छ।

    नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले अधिवेशनको मिति तय गरेको छैन । सम्भवत: चैतको पहिलो सातामा महासङ्घको अधिवेशन हुँदैछ । यसपटक केन्द्र, प्रदेश र सबै जिल्ला शाखाको अधिवेशन एकैसाथ हुँदैछ। महासङ्घ पहिलो पटक प्रत्यक्ष निर्वाचनमा जॉदैछ । अधिवेशनमा सबै साधारण सदस्यले मत हाल्न पाउने व्यवस्था गरिएको छ ।