पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    दुलेगौँडा : पोखरास्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थीले बालबालिका सम्बन्धी नेपालको वर्तमान कानुनी व्यवस्था बारे शुक्लागण्डकीका विद्यार्थीलाई सिकाएका छन् । कानुन संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले शुक्लागण्डकीका तीन विद्यालयका विद्यार्थीलाई जुटाएर कानुनी प्रशिक्षण दिएका हुन् ।


    गाउँफर्कोदय मावि ढोरफिर्दी, पञ्चमूनीदेव मावि दुलेगौँडा, खैरेनी मावि खैरेनीटारका विद्यार्थीसँगै शिक्षक र जनप्रतिनिधि पनि सहभागी थिए । ढोरफिर्दीमा भएको कार्यक्रममा बाल अधिकार, बाल न्याय सम्बन्धी समस्या, मुलुकी देवानी संहिता २०७४ अन्तर्गत बालबालिका सम्बन्धी व्यवस्था, माथर सम्बन्धी व्यवस्था, अंशबण्ड सम्बन्धी व्यवस्था, धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था, न्यायिक समितिका क्षेत्रधिकार लगायतका बिषयमा प्रष्ट्याईएको थियो ।


    कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाकी उमप्रमुख एवम न्यायिक समिति संयोजक सविता रसाईलीले विद्यालयमै शिक्षकबाट बालबालिका शोषित हुने भएकाले कानुनबारे जानकार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता आएपछि स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको र कानुनबारे विज्ञ नहुदाँ कार्यसम्पादनमा अफ्ठ्यारो भएको उल्लेख गर्नुभयो ।

    पश्चिमाञ्चल माविका प्राचार्य बाबुराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष रामबहादुर थापा क्षेत्री, ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी साहयक निरीक्षक सुनिल ओझा लगायतले बोल्नुभएको थियो ।