अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍मा कांग्रेसको अवरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍मा कांग्रेसको अवरोध

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, आईतवार

    काठमाडौं : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै कांग्रेस सांसद्ले उठेर अवरोध गरेका हुन् । 

    कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा आपत्ति जनाएको हो । संविधानको भावना विपरित अध्यादेशबाट सरकारले शासन चलाएको भन्दै कांग्रेस सांसद पुष्पा भुसालले बैठकमा आपत्ति जनाउनुभयाे ।

    असंवैधानिक ढंगले सरकार अगाडि बढेको भन्दै भुसालले आपत्ति जनाउनुभएकाे हाे ।